सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज चैत २४ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

आजको पञ्चाङ्ग
वि.सं. चैत २४, २०७९ । ई.सं. ७ अप्रिल २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ चौलाथ्व । पिङ्गल उत्तरायण वसन्त । शुक्रबार वैशाख कृष्णपक्ष । तिथि– प्रतिपदा १०ः२९ बजेसम्म, त्यस उप्रान्त द्वितिय । नक्षत्र– चित्रा १३ः५१ बजेसम्म, त्यस उप्रान्त स्वाती । योग– हर्षण ०१ः४९ बजेसम्म, त्यस उप्रान्त वज्र । करण– कौलव १०ः२९बजेसम्म, त्यस उप्रान्त तैतिल २२ः२६बजेसम्म । चन्द्रराशि तुला । आनन्दादि योग मुसल । दिनमान ३१।२३ १२ः३४ । सूर्योदय ५ः५० । सूर्यास्त १८ः२४ । विशालनगरमा श्रीवैष्णवदेवीयात्रा, ल.पु. मत्स्येन्द्रनाथ स्नान, बुँगद्यन्हव, लुतिस्नान ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यमा सहभागिता जनाइने छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैझमेलाको अवस्था पनि आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । मकालु खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.