सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

Far weast coaching ad
390
Sana Kishan

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।

मृतकहरूको सनाखत हुन नसकेको र घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

Arus
Karnali Traders

स्थानीय बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ । स्थानीय र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ को कौछिनी जाँदै गरेको वा ११ च ५५३ नम्बरको जीप सडकबाट तल खसेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.