सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ए डिभिजन लिग : थ्री स्टार विजयी

Far weast coaching ad
18
Sana Kishan

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीवार साविक विजेता मच्छिन्द्र फुटबल क्लब हिमायन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ।

भुटानी कप्तान चेन्चो ग्याल्सेनसहित मैदान उत्रिएको साविक विजेता मच्छिन्द्र फुटबल क्लब बिहीवार हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरीमा रोकिएको हो।

Arus

यस्तै अर्को खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा हिमालयन शेर्पाले अग्रता लिएको थियो। तर अन्तिम चार मिनेटमा अग्रता कायम राख्न नसक्दा हिमालयन बलियो मच्छिन्द्रसँग अंक बाँड्न बाध्य भएको हो।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। दोस्रो हाफमा अंक जोड्ने लक्ष्यका साथ आक्रामक खेलेका दुवै टोलीले केही राम्रा अवसर बनाए पनि बललाई पोस्टको दिशा दिन असफल भएका थिए।

अन्तिमतिर काउन्टरको प्रयास गरेको हिमालयनले निर्धारित खेल सकिन ४ मिनेट बाँकी रहँदा सत्यम शर्माले पेनाल्टीबाट अग्रता दिलाएका थिए। निशान लिम्बूको प्रहार मच्छिन्द्रका रक्षक छिरिङ गुरुङको हातमा लागेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो।

Karnali Traders

उक्त अवसरमा सत्यमले सहजै गोलमा परिणत गर्दा हिमालयनले अग्रता पाएको थियो। पछि परेसँगै खेलमा फर्किने प्रयासमा रहेको मच्छिन्द्रले इन्जुरी समयमा गोल गर्दै हारको संकट टा¥यो। विमल घर्ती मगरले गोल गर्दै टोलीको हारलाई बचाएका हुन्। यो बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोड्दा मच्छिन्द्रको पनि समान खेलमा ६ अंक नै छ।

लिग अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा थ्री स्टारले विभागीय टोली त्रिभुवन आर्मीमाथि १–० को रोमाञ्चक जित निकाल्यो। थ्री स्टारलाई स्पष्ट अंक दिलाउने क्रममा फरवार्ड मार्टिन कायोडे अजाइले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको हो।

च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टारले १७ औं मिनेटमा अग्रता लिएको थियो। काउन्टरको प्रयास गरेको अवस्थामा अजाईले कप्तान विक्रम लामाले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए। त्यसपछि आर्मी खेलमा फर्किनका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेन। यद्यपि दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।

राष्ट्रिय टोलीमा अटाएका खेलाडी भए पनि आर्मीले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन र अंक सुम्पिन बाध्य बन्यो। योसँगै थ्री स्टारले ६ खेलबाट लिग तालिकामा १० अंक जोडेको छ। उता पराजय भोगेको आर्मीको समान खेलबाट ८ अंक छ। सातौं चरणमा थ्री स्टारले चैत २७ गते मनाङ मर्स्याङदी तथा आर्मीले चैत २६ गते सातदोबाटो युथ क्लबको सामना गर्नेछन्।

लिगमा शुक्रवार पनि दुई खेल हुनेछन्। च्यासल मैदानमा मनाङ मर्स्याङदी फुटबल क्लब र फ्रेण्ड्स क्लब तथा एन्फा मुख्यालयमा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.