सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

Far weast coaching ad
94
Sana Kishan

आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ। उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ।

उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ। सरकारी अधिकारीहरूले हिँडेर वा हेलिकप्टरबाट पनि केदारनाथ मन्दिरको यात्रा गर्न सकिने बताएका छन्।

Arus

परिषद्का अनुसार केदाननाथ यात्राका लागि दुई लाख ४१ हजार र बद्रीनाथका निम्ति दुई लाख एक हजार, यमनोत्री जान ९५ हजार एक सय सात जना र गङ्गोत्रीको यात्राका निम्ति ९६ हजार चार सय ४९ जनाले आवश्यक प्रक्रिया पूरा गरेका छन्।

Karnali Traders

उत्तरखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले तीर्थयात्रीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै विभिन्न स्थानमा स्वास्थ्यकर्मीको टोली खटाइने बताए। यात्रा मार्गका ठाउँठाउँमा भक्तहरूको स्वास्थ्य परीक्षण गरिने उनले बताए।

यसैबीच, रुद्रप्रयाग जिल्ला प्रशासनले चारधाम यात्रामा आउने श्रद्धालुको सुविधाका निम्ति विभिन्न शिविर स्थापनालगायत आवश्यक तयारी गरिरहेको छ। उत्तराखण्डको चारधाम यात्रा भारतको सबैभन्दा लोकप्रिय हिन्दू तीर्थस्थल मानिन्छ।

अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.