सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिका र यूएई विश्व कप क्वालिफायरमा

Far weast coaching ad
56
Sana Kishan

अमेरिका र यूएई आईसीसी विश्व कप क्वालिफायरका लागि छनोट भएका छन् । विश्व कप क्वालिफायर छनोटमा शीर्ष २ मा रहँदै अमेरिका र यूएईले आउँदो जुन–जुलाईमा जिम्बावेमा हुने विश्व कप क्वालिफायर खेल्ने भएका हुन् ।

नामिबियामा भइरहेको प्रतियोगिताको अन्तिम २ खेलअघि नै शीर्ष २ टोलीको टुङ्गो लागेको हो । प्रतियोगितामा अमेरिका, यूएई, पपुवा न्युगिनी, जर्सी, क्यानडा र नामिबिया छन् ।

Arus
Karnali Traders

अमेरिका ५ खेलमा ८ अङ्कका तालिकाको शीर्ष स्थानमा छ । यूएई ४ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा छ । यूएईले आज जर्सीसँग खेल्दैछ । यूएई यो खेलमा हारे पनि तालिकाको दोस्रो स्थानमा रहेको नामिबियासँग समान ६÷६ अङ्क हुनेछ । ’हेड टु हेड’ मा यूएई अघि हुँदा उसले विश्व कप क्वालिफायरमा छनोट भएको हो । यूएईले ४ वर्षका लागि एकदिवसीय मान्यता पनि प्राप्त गरेको छ ।

विश्व कप क्वालिफायरमा लिग–२ का शीर्ष ३ टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका ५ र प्लेअफका शीर्ष २ गरी १० टोली हुनेछन् । सुपर लिगबाट नेदरल्यान्ड्स, श्रीलङ्का, वेस्टइन्डिज र जिम्बावेले विश्व कप क्वालिफायर खेल्ने पक्का भएको छ । आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले विश्व कप क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

विश्व कप क्वालिफायरमा १० टोलीलाई २ वटा समूहमा विभाजन गरिनेछ । सुपर ६ हुँदै शीर्ष दुई टोलीले आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् । आयोजक भारतसहित (सुपर लिगका शीर्ष ८ टिम) न्युजिल्यान्ड, इङ्ग्ल्यान्ड, बङ्गलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान एकदिवसीय विश्व कपमा छनोट भइसकेका छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.