सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक मेला बान्नीकी ‘चैतली’ आज मनाइँदै

Far weast coaching ad
122
Sana Kishan

सुदूरपश्चिमको प्रशिद्ध तथा ऐतिहासिक धार्मिक मेला बान्नीकी चैतलीमा श्रदालु तथा दर्शनार्थीहरुले बान्नीकी कांकर र बान्नी मष्टाको दर्शन गरि आज मेला मनाइँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीबाट छबिसपाथिभेरा गाउँपालिका–३ बान्नीकोटमा सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका करियाहरूले बताए । परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्दछ ।

Karnali Traders

सुर्मा देवीले भाला प्रहार गरी दानवको वध गरेको प्रतिकका रुपमा चैत औंसीका दिन काटेको कांकर (लिंगो)लाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा डुलाउने गरिन्छ । झण्डै २५ मिटर लामो कांकरलाई मानिसहरुले समातेर ३ सय मिटर जति डुलाउने गर्छन् । त्यसपछि उक्त कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको प्रतिक भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छबिस्या र मल्लो छबिस्या बासिन्दाहरु बीच भकुन्डो खेल्ने प्रचलन छ । यसरी हिडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन छ । यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागि बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु कडेल गाविसको बान्नी चौरमा आउने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाई विजय उत्सव मनाएको किवंदन्ती छ । शिवजी मण्डेलले उपहार खबरमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.