सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास , बागमती प्रदेशको १३औं वार्षिकोत्सव सम्पन्न

Far weast coaching ad
24
Sana Kishan

जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास , बागमती प्रदेशको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

 

वार्षिकोत्सव समारोहका आकर्षण प्रख्यात अभिनेता, पटकथा लेखक एवं निर्देशक डा. चन्द्रप्रकाश द्विवेदी रहनुभएको थियो । चाणक्य टेलीशृङ्खलामा आचार्य विष्णुगुप्त ‘चाणक्य’कै मुख्य भूमिका निर्वाह गर्नुभएका डा. द्विवेदीले कल्याण आश्रमको प्रकल्पहरूबाट जनजाति समाजको परिचय र उनीहरूको स्वधर्म-संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुगिरहेको उल्लेख गर्नुभयो । विश्वभरिका सनातन वैदिक धर्मावलम्बीका लागि नेपाल आफैमा एउटा तीर्थक्षेत्र रहेको उल्लेख गर्दै उहाँले आफ्नो मौलिक सांस्कृतिक गरीमा बचाइराखेकोमा सम्पूर्ण नेपालीजनप्रति आभार व्यक्त गर्नुभयो ।

 

Arus

शान्तिधाम नेपालका पीठाधीश स्वामी चतुर्भुजाचर्य चूड़ामणि महाराजले सेवाको माध्यमबाट समाजमा महनीय प्रभाव पार्दै आएकोमा कल्याण आश्रमको कार्यको प्रशंसा गर्नुभयो । मानव शरीर सेवाकै निम्ति प्राप्त भएको र वञ्चित-पीड़ितको सेवा पनि भगवान् नारायणकै सेवा रहेको र यही शिक्षा हाम्रा पावन सद्ग्रन्थले दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।

 

भोजन, आवास र शिक्षासँगै योग्य, संस्कारवान् र चरित्रवान नागरिक निर्माणमा पनि ध्यान दिएको भन्दै हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-प्रचारक रेवित कुमारले कल्याण आश्रमको सराहना गर्नुभयो । सबलले निर्बलको, सक्षमले असक्षमको चिन्ता गर्नुपर्ने भन्दै उहाँले समग्र समाजलाई कल्याण आश्रमद्वारा सञ्चालन गरिएका प्रकल्पहरूसित उदार मनका साथ जुड्न आह्वान गर्नुभयो ।

 

Karnali Traders

बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ले देशभरि सञ्चालन भइरहेको जनजाति कल्याण आश्रम नेपालका प्रकल्पहरूमा आफू प्रत्यक्ष सहभागी हुनपाएको उल्लेख गर्नुभयो । ज्ञानसँगै संस्कार पनि प्रदान गर्दै आएकोमा यसले बालबालिकाको हृदयको विकासमा पनि जोड़ दिएको उहाँको ठम्याइ थियो। सामाजिक उत्तरदायित्व वहन गर्दै सेवाकार्यमा समर्पित हुने मारवाडी समुदायप्रति उहाँले आभार व्यक्त गर्दै उहाँले यो काम समाजका लागि उदाहरणीय बनेको उल्लेख गर्नुभयो । वर्तमान समयमा पश्चिमबाट आएका पन्थहरूले नेपाली सभ्यता र बौद्ध, किरात एवं हिन्दू जस्ता पूर्वीय चिन्तनलाई ओझेलमा पारिरहेको अवस्थामा हामी सबैको सहकार्यमा जनजनमा स्वधर्मको चेतना विस्तार गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो ।

 

कार्यक्रममा स्वागत मन्तव्य नेपाली सेनाका सेवानिवृत्त मेजर जेनेरल नरबहादुर कण्डेलले राख्नुभएको थियो भने जनजाति कल्याण आश्रमको स्थापनादेखि वर्तमानसम्मको गतिविधिसहित संक्षिप्त परिचय महासचिव प्रेम थुलुङले प्रस्तुत गर्नुभएको थियो ।

 

पूर्व आई.जी.पी. तथा पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई ‘व्याकुल माइला’, पूर्व ए. आई.जी. तथा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-संघचालक कल्याण कुमार तिम्सिना लगायतका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा नेपाली सेनाका रथी सीताराम खड्का प्रमुख अतिथिका रूपमा पाल्नुभएको थियो । उहाँकै बाहुलीबाट जनजाति कल्याण आश्रम नेपालको वेबसाइटको लोकार्पण समेत भएको छ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको प्राविधिक सहयोगमा निर्माण भएको वेबसाइटमा संगठनको परिचय र गतिविधि समेटिएको छ ।

 

  1. वरिष्ठ व्यावसायी एवं समाजसेवी प्रमोद कुमार अग्रवालको सभापतित्वमा काठमांडौँमा आयोजित समारोहमा देशका विभिन्न स्थानमा सञ्चालित छात्रावासमा रहेर अध्ययन गरिरहेका बालबालिकाले नृत्य, योग, गीत आदि सांस्कृतिक प्रस्तुतिहरू पेश गरेका थिए ।
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.