
आज श्री शाके १९४५ बि.स.२०७९ चैत्र १८ गते शनिबार (इश्वी सन २०२३ अप्रिल १ तारिख) चैत्र शुक्ल पक्ष एकादशी तिथी अश्लेषा नक्षत्र धृति योग वणिज करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मानस योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु स्मार्त कामदा एकादशीव्रत विश्व मुर्ख दिवस ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नजिकका ब्यक्तिले धोका दिन सक्छन् । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । मध्यान्ह पश्चात एक्लोपनको महसुस हुन सक्नेछ । नयाँ कार्य थालनिका निम्ति आँट र साहसमा कमी आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउला । कला क्षेत्रमा रुची बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान्यजनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । यात्रा गर्ने अवसर प्राप्त होला । कार्यक्षेत्रमा प्रतिस्पर्धिहरु हावी हुने छन् । आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनहरुबाट साथ, सहयोग पाउनु हुनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । साझेदारी लगानीका लागि नसोचेकै बेश हुनेछ । प्रेम सम्बन्धमा थप सुधार आउनेछ । ब्यापार ब्यावसायमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रजनहरुसंगको सम्बन्धमा दुरी बढ्न सक्ला । पारिवारिक साथ सहयोग मिल्नेछ । भौतिक साधनको प्रयोगमा मन जानेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनेछ । मानसिक तनाबको सामना गर्नु पर्ने हुन सक्छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सकिनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक कार्यमा अब्बल बन्नु हुनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिद्या प्राप्ति योग रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । खर्च बढ्न सक्ला । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । कुरा काट्नेहरुको संख्यामा बृद्धि आउने छन् ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभावमा बृद्धि आउनेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ । सामुहिक कार्यका लागि मन जानेछ । साथीभाईका कारण भाग्योदय हुने योग रहेको छ । यात्र गर्ने अवसर प्राप्त होला । जीवनसाथीको सहयोगबाट गरिएको ब्यापार ब्यावसायमा फाइदा मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यताले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौद्धिक क्षेत्रका ब्यतित्वहरुसंगको संगतबाट मन प्रशन्न रहला । कार्य प्रतिको लगनसिलतामा बृद्धि हुनेछ । आम्दानीको क्षेत्रमा मध्यम रहेको छ । इष्टमित्र भेटघाटको अवसर प्राप्त हुनेछ । सामान्य खर्च बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारीवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णय लिने क्षमतामा कमी आउनेछ । नयाँ लगानीका लागि खासै राम्रो समय छैन । बिद्या प्राप्तिका लागि राम्रो रहेको छ । सन्तान सम्बन्धि समस्याले भने सताउने छ । सामान्य चिन्ताले सताउन सक्ला । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । नयाँपुस्ता डटकम बाट सभार
