सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ललितपुर मेयर्स कपमा एपीएफ लगातार तेस्रो पटक ’च्याम्पियन’

Far weast coaching ad
19
Sana Kishan

सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार तेस्रो पटक ललितपुर मेयर्स कप टी–२० क्रिकेट च्याम्पियनशिपको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफ ’च्याम्पियन’ बनेको हो । एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ६ विकेट गुमाएर १ सय रनमात्रै बनायो । कोशीका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । बलिङतर्फ एपीएफकी विनु बुढाले दुई तथा रेखा रावल, सोनु खड्का र नेरी थापाले १÷१ विकेट लिए ।

Arus
Karnali Traders

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनायो । एपीएफका लागि कप्तान सीता राना मगरले ७९ र इन्दु बर्माले ५१ रन बनाइन् ।

प्रतियोगितामा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स–११ को सहभागिता रहेको थियो । प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश रहेका थिए ।

एपीएफले यसअघिका दुवै संस्करणको उपाधि जितेको थियो । यसअघिका दुवै संस्करणमा एपीएफले फाइनलमा सुदूरपश्चिम प्रदेशलाई हराएको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.