सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसइई परीक्षामा समन्वय गर्न स्थानीय तहलाई बोर्डको आग्रह

Far weast coaching ad
39
Sana Kishan

राष्ट्रिय परीक्षा बोर्डले भोलि (शुक्रबार)बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगले सञ्चालन गर्न सबै स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ।

बोर्डले सार्वजनिक सूचना जारी गरी परीक्षा अवधि र परीक्षा पछि पनि व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो।

Arus

परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने भएकाले यस्तो आग्रह गरिएको परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। कक्षा–१२ को परीक्षामा पनि आवश्यक समन्वय गर्नुपर्ने उनले आग्रह गरे।

Karnali Traders

उनले एसइईलाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न÷गराउन परीक्षा सञ्चालन पूर्व, परीक्षा अवधि र परीक्षा सञ्चालन पछिका व्यवस्थापनमा आवश्यक तयारी बोर्ड, सम्बन्धित प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिलाई भइसकेको बताए।

‘महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत रहेका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरी त्यहाँबाट आवश्यक समन्वय र सहयोग हुन अनुरोध छ’‚ पत्रमा भनिएको छ।

परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.