सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे

Far weast coaching ad
17
Sana Kishan

विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे

Karnali Traders

  आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ४६ ओभर २ बलमा ३ सय ३३ रनमा अलआउट भयो ।

Arus

पीएनजीका चार्ल्स अमिनीले १ सय ९ रनको शतकीय पारी खेले । कप्तान असद भालाले ५७ तथा सेसे बाउले ५४ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३/३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो ।

नामिबियाले आफ्नो एकदिवसीय इतिहासमा बनाएको यो सबैभन्दा ठूलो योगफल हो । साथै एसोसिएट टोलीका रुपमा नामिबिया एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले १ सय २५ रनको शतकीय पारी खेले । निकोलस डेविनले ९० तथा जान निकोलले ६१ रन बनाए ।

पीएनजीका सिमो कमियले ५ तथा कबुआ मोरियाले २ विकेट लिए । नामिबिया २ खेलमा २ अङ्कका साथ चौथो स्थानमा रहेको छ । लगातार दोस्रो हार ब्यहोरेको पीएनजी अङ्कविहिन रहँदै पुछारमा छ ।

प्लेअफमा आईसीसी विश्व कप लिग–२ का पुछारका चार टोली नामिबिया, अमेरिका, यूएई र पीएनजीसँगै आईसीसी विश्व कप च्यालेञ्ज लिग ‘ए’ र ‘बी’ का विजेता क्यानडा र जर्सी सहभागी छन् । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्व कप छनोट खेल्न पाउनेछन् ।

विश्व कप छनोट खेलका लागि नेपाल यसअघि नै छनोट भइसकेको छ । उज्यालो अनलाइन बाट साभार 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.