सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो वसन्ती छठ

तराई÷मधेसमा मनाइने वसन्ती छठ अर्थात् चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिएको छ ।

षष्ठी तिथिका दिन हिजो निराहार व्रत गरी बेलुका पवित्र जलाशयमा बनाइएको घाटमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएर अर्घ्य दिएर व्रत समापन गरेका छन् ।

Sana Kishan

मिथिला क्षेत्रमा यो पर्व चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन व्रत बसेर विभिन्न विधिका साथ मनाउने गरिन्छ । यसअघि शनिवार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ अर्थात् नुहाएर शुद्ध खाने विधिबाट पर्व सुरु भएको थियो । पञ्चमी तिथिमा अस्ति व्रतालुले ‘खरना’ विधि गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

तराई मधेसमा कात्तिक र चैतमा दुई पटक छठ मनाउने गरिन्छ। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.