सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि अस्ट्रेलियालाई

घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

 

पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले दोस्रो खेल १० विकेटले जितेको थियो । तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २ सय ७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २ सय ४८ रनमा अलआउट भयो ।

 

Sana Kishan

भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै एस्टन अगरले २ तथा मार्कस स्टोइनिस र सेन एबोटले एक/एक विकेट लिए । त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २ सय ६९ रनमा अलआउट भएको थियो ।

 

World Link Ads
Mahakali Polytechnic

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४७ रन बनाए । भारतका हार्दिक पान्ड्या र कुलदीप यादवले समान ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले दुई/दुई विकेट लिए । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.