सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकदिवसीय वरीयतामा नेपालको सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

आईसीसीको एकदिवसीय वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ । नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएको हो । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेको हो । नेपालले लिग–२ को पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय वरीयतामा नेपाल एक महिनामै १९ औँ स्थानबाट १५ औँ स्थानमा आइपुगेको हो ।

Sana Kishan

एकदिवसीय वरीयतामा नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्यु गिनी २० औँ स्थानमा छ । नेपालभन्दा अघि ११ औँ स्थानमा आयरल्यान्ड, १२ औँ स्थानमा स्कटल्यान्ड, १३ औँ स्थानमा जिम्बावे र १४ औँ स्थानमा नेदरल्यान्ड्स छ ।

World Link Ads
Mahakali Polytechnic

एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् । यस्तै दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का, वेस्ट इन्डिज र अफगानिस्तान क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ । उज्यालो अनलान बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.