सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कालिञ्चोकमा हिमपात

दोलखाको कालिञ्चोक क्षेत्रमा सोमबार यो वर्षको तेस्रो पटक हिमपात भएको छ। सोमबार रातिबाट सुरू भएको हिमपात मंगलबार बिहान ८ बजेसम्म निरन्तर रहेको स्थानीयले बताए ।

लामोसमय हिमपात भएका कारण कालिञ्चोकको कुरी आसपास एक फिटभन्दा बढी हिँउ रहेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।

Sana Kishan

यो वर्ष पहिलो पटक गत फागुन १३ गते हिमपात भएको थियो । दोस्रो पटक चैत्र ४ गते हिमपात भएको कालिञ्चोक कुरीका स्थानीय होटल व्यवसायीले बताए ।

World Link Ads
Mahakali Polytechnic

तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा हरेक वर्ष पुसदेखि फागुन चैत्रसम्म हिमपात हुने गरेको थियो । यो वर्ष भने फागुन दोस्रो हप्ताबाट मात्र हिमपात सुरू भएको हो । राति हिमपात भएपछि पर्यटकहरू चिसोको पर्वाह नगरी हिउँसँग रमाएको स्थानीय होटल व्यवसायीहरूले बताए। भवानी खड्काले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.