सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरलाई चिनाउँदै फारवेस्टर्न राइडर 

प्रकाश भट्ट

140
Sana Kishan

कैलालीको गोदावरी नगरपालिका ८ का स्थानीय भरत विक्रम शाह (फारवेस्टर्न राइडर) पछ्लिलो समय निकै चर्चामा रहेका छन्। सुदूरपश्चिमका विभिन्न पर्यटकीय स्थलहरूलाई भ्रमण गरी उनले बनाएका भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल जाने गरेका छन्। सामाजिक सञ्जालमा फारवेस्टर्न राइडर नामले चिनिएका उनी गतवर्ष साइकलमा बडिमालिका पुगे त्यहाँ उनले बनाएका सुन्दर दृश्यको भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा दर्शकहरूले खुब मन पराए। साइकल लिएर बडिमालिका पुगेका शाहकै भिडियो र तस्बिर हेरेर  सयौँ व्यक्ति यहाँ पुग्न थाले । सञ्जाल भरि बडिमालिकाको चर्चा हुन थाल्यो ।

Arus

४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका मन्दिरमा साइकल पुऱ्याएको उनको भिडियोले धेरै दर्शकहरूलाई त्यहाँ जान प्रेरित गर्यो। ४२ वर्षीय शाह धनगढीबाटै साइकल यात्रा गरेर खप्तड, डडेल्धुराको आलिताल, डोटीको बडिकेदार, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा चाँदनी, लिङ्गा लगायत थुप्रै ठाउँमा धेरै पटक पुगेका छन्। उनले त्यहाँको विशेषता सहितको जानकारीमूलक फोटो भिडियोहरू सञ्जालमा हालेर अरुलाई पनि त्यहाँ पुग्न प्रेरित गर्छन। साइकल यात्रा थालेको ८ वर्षको अवधिमा शाहले देशभित्रका मात्रै नभएर भारत, अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, क्यानाडा लगायत विभिन्न देशका धेरै  साइकल यात्रीलाई सुदूरपश्चिम घुमाइसकेका छन् । शाहले आफ्नै लगानीमा साइकल यात्रा गर्ने कतिपय विदेशी यात्रीलाई महिनौं सम्म आफ्नै घरमा राखेर निशुल्क खाना तथा बस्न सहयोग समेत गर्ने गरेका छन्। सुदूरपश्चिमका सबै ठाउँ पुगिसकेपछि यहाँका फोटो भिडियो लिएर विश्व साइकल यात्रा गर्ने योजनामा रहेको उनी बताउँछन्। उनले भने, ‘कर्णाली पारी पनि एउटा सुन्दर संसार छ भनेर विश्वलाई चिनाउनु छ । विश्व साइकल यात्राका क्रममा समग्र सुदूरपश्चिमका ९ जिल्ला समेट्ने डकुमेन्ट्री बनाइ आफूले जाने ठाउँमा  देखाएर कर्णाली पारी पनि एउटा सुन्दर संसार छ भनेर विश्वलाई चिनाउने उद्देश्य रहेको उनी बताउँछन्। सुदूरको साहसिक पर्यटन  मोटर बाइकिङ, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, बज्नी जम्पिङको सम्भावना तथा त्यसको बारेमा बुझ्ने उद्देश्य समेत रहेको उनले बताए।

सुदूरपश्चिमलाई राम्रो सँग हेर्ने तथा बुझ्ने उद्देश्य बोकेका शाह सुदूरपश्चिमका ९ ओटै जिल्लाबाट पर्यटन सम्बन्धी फोटो तथा भिडियोग्राफीमा  लागेका युवाहरूलाई समेटेर ठूलो टीम बनाइ सुदूरका पर्यटकीय स्थलहरू खोजेर सामाजिक सञ्जालमा राखेर सुदूरका पर्यटकीय स्थललाई संसार सामु चिनाउने तयारीमा रहेको उनी बताउँछन्। उनले भने ‘सुदूरपश्चिमका सबै जिल्लाका सबै पालिकाहरू सँग जोडिएर आफ्नो स्थानीय पर्यटनलाई उहाँले कसरी बुझ्नुभएको छ, स्थानीय पर्यटनलाई कसरी अगाडि लैजाने तयारीमा हुनुहुन्छ यो कुराहरू म बुझ्ने गइरहेको छु।’

Karnali Traders

शाहले सुदुरपश्चिम यात्रामा सहयोग गर्ने सुदुरपश्चिममै बनेको  जापनीज बाइक एरोमा जेट तथा आरोग्य मोटर्सलाई धन्यवाद समेत दिएका छन्। यात्राका क्रममा शाहले यात्रा गर्दा के कस्तो सावधानी अपनाउने जस्ता सावधानीका सुझावहरु समेत भिडियोमा प्रस्तुत गर्ने गरेका छन्। शाह समाजमा रहेका दिन दुःखीहरुलाई समेत आफूले सकेको सहयोग गर्दै आइरहेका छन्।

 

फारवेस्टर्न राइडर युट्युब च्यानल :

https://www.youtube.com/@farwesternriderofficial

https://www.youtube.com/@FarWesternRider

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.