सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्रिकेटर झा र शेखलाई मधेश प्रदेशको पुरस्कार : जनही दुई लाख रुपैयाँ

24
Sana Kishan

मधेश प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुशी व्यक्त गर्दै मधेश प्रदेशले टोलीका महत्त्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

Arus
Karnali Traders

दुवैजना मधेशबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही दुई लाख प्रोत्साहनस्वरूप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए। ​शानदार जित हासिल गरेकोमा मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाइ ज्ञापनसमेत गरेका छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ। थाहा खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.