सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उत्कृष्ट लयमा नेपाल, पछिल्ला ८ मध्ये ७ खेलमा विजयी

37
Sana Kishan

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उत्कृष्ट लयलाई कायमै राखेको छ । मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएयता नेपालले उत्कृष्ट लयलाई कायमै राखेको हो ।

गएको माघ २३ गते देसाई मुख्य प्रशिक्षकमा नियुक्त भएयता नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा खेलेका ८ खेलमध्ये ७ वटामा जित निकालेको छ ।

Arus
Karnali Traders

नेपालले देसाईको नेतृत्वमा घरेलु मैदानमा लिग–२ अन्तर्गत ४ खेलको त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ वटै खेल जित्दै शृङ्खला ’क्लिन स्वीप’ गरेको थियो । नेपालले स्कटल्यान्ड र नामिबियालाई २–२ खेलमा हराएको थियो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले, दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले, तेस्रो खेलमा फेरि नामिबियालाई ३ विकेटले र चौथो खेलमा फेरि स्कटल्यान्डलाई २ विकेटले हराएको थियो ।

यस्तै नेपालले लिग–२ अन्तर्गत दुबईमा भएको त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ खेल खेल्दा ३ मा जित हात पा¥यो । नेपालले पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएर लिग–२ मा लगातार पाँचौँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितको कीर्तिमान बनाएको थियो । यो शृङ्खलाको दोस्रो खेलमा भने नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेलमा फेरि पीएनजीलाई ३ विकेटले र चौथौ खेलमा यूएईलाई ४२ रनले हरायो । नेपालले लिग–२ मा यूएईमाथि पहिलो जित निकालेको हो ।

लिग–२ मा अब बाँकी ४ खेल नेपालले घरेलु मैदानमै खेल्नेछ । नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुँदै सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने एकदिवसीय मान्यता जोगाउन बाँकी रहेकामध्ये ३ खेल जित्दै शीर्ष ५ मा स्थान पक्का गर्नुपर्ने हुन्छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.