सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता के हो ?

56
Sana Kishan

पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो।

‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ।

Arus

बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।

Karnali Traders

‘हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौं। बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरूक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो,’ कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भने, ‘त्यसको १० मिनेटपछि चितुवा म¥यो। त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो। चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन।’

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपु¥याएको छ। कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ।

‘चितुवा २० केजी जतिको छ,’ निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, ‘बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वनजंगलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ।’

एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो। चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहार सम्भारपश्चात् चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जंगलमा छोडिएको थियो। उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.