सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिविका क्याम्पसमा स्ववियु चुनावको चहलपहल

27
Sana Kishan

आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा चहलपहल बढेको छ। चुनावी कार्यक्रम अनुसार हिजो क्याम्पसहरुमा विद्यार्थी सङ्गठनहरुले आआफ्नो सङ्गठन दर्ता गराएका छन्।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक चुनावमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताउनुभयो । काठमाण्डौ उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयुर्वेदिक क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । यस्तै काठमाण्डौ उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गते विद्यार्थी सङ्गठन दर्ता तोकिएको छ।

Arus
Karnali Traders

चुनावी कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुनेछ।

स्ववियुको उम्मेदवार हुन २८ वर्षे हदम्याद तोकिएको छ । यसैबीच स्ववियु चुनावमा ८ दलीय गठबन्धनका भ्रातृ विद्यार्थी सङ्गठनले तालमेलको प्रयास थालेका छन् । ८ दलमध्ये नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी सङ्गठन बनेको छैन । अरु ७ दलकै विद्यार्थी सङ्गठन छ । तर कांग्रेसको नेविसङ्घ र माओवादीको अखिल क्रान्तिकारीभित्र आन्तरिक विवाद छ। आन्तरिक विवादका कारण कतिपय क्याम्पसमा नेविसङ्घको दुईवटा सङ्गठन दर्ता भएको छ। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.