
चैत्र ५ गते सम्पन्न हुन गईरहेको स्ववियु निर्वाचनमा सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदमा कृष्ण सिंह रावलको उम्मेदवारी रहेको छ । नेपाल विद्यार्थीसंघको तर्फबाट सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदमा रावलको दाबी रहेको हो ।

नेपाल विद्यार्थी संघ दार्चुला जिल्ला सह सचिव तथा प्रदेश सभा ख संयोजक रावलले सेटिगाउँ बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक व्यवस्थापन गर्न समेत ठुलो योगदान रहेको जानकारी गराउदै सभपतिको पदमा आफ्नो दाबी रहेको जानकारी दिए ।

सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग विभिन्न बिषयमा छलफल गरी विद्यार्थीहरुको चाहना र सुझाव सल्लाह बमोजिम आफ्नो उम्मेदवारी घोषणा गरेको उहाँले बताए । कक्षा ८ देखी ने.बि संघ मा लागेका रावलले क्याम्पस को चौतर्फी बिकास र विद्यार्थीको हकहितका निमित्त आफुले गर्नसक्ने कामहरु लाई समेटेर केहिदिनमै घोषणा पत्र पनि जारी गर्ने बताए । सगुन खबर बाट सभार
