सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ए डिभिजन लिगमा खुमलटारको विजयी सुरुवात

19
Sana Kishan

नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

दशरथ रङ्गशालामा शुक्रवार भएको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो । खुमलटारको जितमा खेलको ८९ औँ मिनेटमा मेसुके ओलुमोउले गोल गरे ।

Arus
Karnali Traders

डबल राउन्ड रोबिनका आधारमा हुने लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै ’फेयर प्ले’ टोलीले ३ लाख रुपैयाँ पाउनेछन् । ’मोस्ट भ्यालुएबल’ खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र ’इमर्जिङ प्लेयर’ ले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको विजेता क्लबले ’म्याच मनी’ बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको ’म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पाउनेछन् ।

लिगमा सहभागी १४ क्लबमा हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ’बी’ डिभिजनमा घटुवा हुनेछन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.