सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले पीएनजीलाई ३ विकेटले हरायो , विश्व कप खेल्न बाँकी ५ वटै खेल जित्नुपर्ने

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ ।

पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले आठौँ विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् ।

यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेल र आरिफ शेख १र१ रनमा आउट भए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमो कमेया र सेसे बाउले २र२ विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २र२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १र१ विकेट लिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ ।

यो जितसँगै नेपाल ३१ खेलमा ३० अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ५ वटै खेल जित्नुपर्नेछ । साथै एकदिवसीय मान्यता जोगाउन ३ खेल जित्नुपर्ने हुन्छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.