सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

39
Sana Kishan

रोहन मुस्ताफाको अविजित अर्धशतकप्रेरित यूएईले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलामा नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको छ।

दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले आठ विकेट गुमाएर दुई सय सात रनको योगफल तयार ग¥यो।

Arus

यूएईका लागि आसिफ खानले ९९ बलमा पाँच चौका र तीन छक्काहित ७२ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका रोहन मुस्ताफाले ७ बलमा दुई चौकासहित ५१ रनको अविजित इनिङ खेले।

Karnali Traders

मुस्ताफासँग ५८ रनको साझोदारी गरेका आर्यन लाक्राले ३६ बलमा २८ रन बनाएका थिए। यस्तै, कप्तान सिपी रिजवान २२ तथा वृत्य अरविन्द १८ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि १० ओभरमा २७ रन खर्चिएका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले पाँच ओभरमा १७ रन खर्चिएर एक विकेट लिए।

आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चिएर एक विकेट लिएका थिए। दीपेन्द्रसिंह ऐरी १० ओभरमा ३५ रन खर्चिएर एक मेडन मात्रै राख्न सके।

करण केसीले सात ओभरमा ४० रन खर्चिएर एक मेडनसहित एक विकेट लिए। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.