सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकप लिग–२ : टस जितेर यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ — विश्वकप लिग–२ मा यूएईविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ । बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । खेल नेपाली समयअनुसार पौने १२ बजे सुरु हुनेछ ।

राष्ट्रिय टोलीले दुबईमा यूएईसँग प्रतिस्पर्धा गर्दा नेपाल लगातार जितको दाउमा रहेको छ। विश्वकप लिग–२ मा लगातार ५ खेलको जितपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेर गएको हो । अघिल्लो साता स्कटल्यान्ड र नामिबियाविरुद्ध २–२ खेल जितेको नेपालले दुबई पुगेर आफ्नो आठौं शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो ।

 

त्यही पपुवा न्युगिनीले मंगलबार यूएईलाई १ सय ३१ रनले स्तब्ध पारेको थियो । यूएई पछिल्ला दुवै खेलमा पराजित छ । नेपालले लिग २ मा पराजित गर्न नसकेको एकमात्र टोली हो यूएई । गत वर्ष दुबईमा नै यूएईले लिग २ को घरेलु शृंखला आयोजना गर्दा ‘लो स्कोरिङ’ दुवै खेलमा नेपाल माथ खाएको थियो । विजय क्रमलाई निरन्तरता दिँदै छैटौं खेलसम्म पुगेमा नेपाल छैटौं स्थानबाट एक स्थान माथि जानेछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपालको २९ खेलमा २८ अंकसाथ छैटौं र यूएईको २९ खेलमा २९ अंकसहित पाँचौं स्थानमा छन् । लिग २ मा प्रतिस्पर्धी ७ टोलीमध्ये शीर्ष ३ टोली जुलाईमा हुने विश्वकप छनोटमा पुग्नेछ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछन् । नेपालले बाँकी रहेको ७ मध्ये ४ खेल जिते एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ भने ६ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै सोझै विश्वकप छनोटमा पुग्नेछ ।

नेपालले पपुवा न्युगिनीविरुद्ध सोमपाल कामी, करण केसी, गुलशन र प्रतिश जिसी गरी चार मध्यम गतिका बलरलाई खेलाएको थियो । तर, यूएईविरुद्ध नेपाली टोली फरक रहेको छ। नाबालिग बलात्कार आरोपमा लागेका स्पिनर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश खेल्न अनुमति दिएपछि उनी बुधबार दुबई लागेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अफ स्पिनर मौसम ढकाल बुधबार नै अभ्यासका क्रममा घाइते भएपछि उनको स्थानमा सन्दीपलाई पठाइएको हो ।

 

बिहीबारको खेलमा भने प्रतिशको ठाउँमा सन्दीपलाई राखिएको छ । उनले नामिबिया र स्कटल्यान्डविरुद्धको ४ खेलमा १३ विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्ध नेपालले कुनै विशेषज्ञ स्पिनर खेलाएको थिएन । दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले कामचलाउ स्पिनरको भूमिका खेल्दा प्रभावकारी बनेका थिए ।- कान्तिपुर अनलाईन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.