सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका तीन जिल्लामा शैक्षिक सामग्री वितरण

45
Sana Kishan

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ । एक गैरससरकारी संस्थाको सहयोगमा करिब ६ हजार बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीसहितको स्कुल झोला वितरण गरिएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउन र सबैको शिक्षामा समान पहुँचका लागि सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका २९ सामुदायिक विद्यालयका ६ हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरिएको हो ।

परियोजनाको रु एक करोड १८ लाख लगानीमा उक्त सामग्री वितरण गरिएको ‘रुडुक’ डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए । ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाइना फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको कार्यकारी निर्देशक साउदले जनाकारी दिए ।

Arus
Karnali Traders

स्कुलझोला विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पठनपाठनलाई आवश्यक, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ र दिवाखाजालाई आवश्यक गरी २० वटा सामग्रीको प्याकेज रहेको छ । डडेल्धुरा, कैलाली र कञ्चनपुरका २९ आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका ६ हजार छात्र छात्रालाई ती सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ ।

डडेल्धुराका अमरगढी र परशुराम नगरपाकिाका १४ सामुदायिक विद्यालयका २२ सय ९९, कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका आठ सामुदायिक विद्यालयका २२ सय ४६ र कञ्चनपुरका कृष्णपुर र बेल्डाडी नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयका १४ सय ५५ बालबालिकालाई ती सामग्री वितरण गरिएको हो । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.