
आज (बुधबार )बस्ने भनिएको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
पूर्वनिर्धारित तालिका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने थियो । तर संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।


विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
यसबीचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन मिति तोकेको थियो । गोदावरी न्युज बाट सभार
