सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

म्यानचेस्टर सिटी एफए कपको अन्तिम ८ मा, लेस्टर बाहिरियो

34
Sana Kishan

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा सिटीले ब्रिस्टल सिटीलाई ३– ० गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो।

Arus
Karnali Traders

एस्टोन गेटमा भएको खेलमा इंग्लिस मिडफिल्डर फोडेनले २ गोल गरे। उनकै गोलमा सिटीले खेलमा अग्रता बनाएको थियो। सातौँ मिनेटमा गोल गरेर सिटीको खाता खोले। ७४औँ मिनेटमा उनले अग्रतालाई दोब्बर बनाए। ८१औँ मिनेटमा केभिन डि ब्रुयान गोल गर्दै टिमको ३–० को जित सुनिश्चित बनाए।

अर्को इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी भने ब्ल्याकबर्न रोभर्ससँग २–१ गोलले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ। यो जितपछि रोर्भस ८ वर्षपछि एफए कपको अन्तिम ८ मा स्थान बनाएको छ।

यस्तै अन्य खेलमा ब्राइटनले स्टकलाई १ –० गोलले हरायो भने फुलह्यामले लिड्सलाई २–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.