सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यू–१९ विश्वकप एशिया छनोट : नेपाल लगातार चौथो जितसहित अंकतालिकाको शीर्षमा

33
Sana Kishan

१९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ।

मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले हराउँदै नेपालले आगामी वर्ष हुने विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो।

Arus

मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा कुनै विकेट नगुमाइ पूरा ग¥यो। नेपालको जितमा ओपनरद्वय दिपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन जोडे।

Karnali Traders

आजको जितसँगै नेपाल ८ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ६ अंकसहित युएई दोस्रो तथा २÷२ अंकसहित क्रमशः मलेसिया तेस्रो, सिंगापुर चौथो र हङकङ पाँचौं स्थानमा छन्।

त्यसअघि मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसिया ३५ दशमलव ३ ओभरमा अलआउट हुँदै ७२ रनमा समेटियो।

मलेसियाका मोहम्मद अक्रम अब्द मलेकले सर्वाधिक २६ रन बनाए पनि अन्य खेलाडी नेपाली बलरसामु टिक्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कँडेलेले घातक बलिङ गरे। १० ओभर बलिङ गरेका उनले ४ ओभर मेडन राख्दै जम्मा ११ रन दिएर ४ विकेट लिए। आकाश चन्दले ३ तथा मिलन बोहराले २ विकेट लिँदा सुभाष भण्डारीले १ विकेट हात पारे। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.