सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यू–१९ विश्व कप एसिया क्षेत्र छनोट : नेपाललाई ७३ रनको लक्ष्य

37
Sana Kishan

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई ७३ रनको सामान्य लक्ष्य दिएको छ ।

यूएईमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । यूएईका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

Arus
Karnali Traders

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ । उज्यालो अनलाइन बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.