सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यू–१९ विश्व कप एसिया क्षेत्र छनोट : नेपालले आज मलेसियासँग खेल्दै

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो ।

Sana Kishan

खेल बिहान सवा ११ बजे यूएईको मलेक मैदानमा सुरु हुनेछ । हिजोको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.