सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी अखिल क्रान्तिकारीको स्ववियू निर्वाचन विशेष अभियान

कञ्चनपुर । अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन विशेष अभियान संचालन गरेको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्लामा स्ववियू निर्वाचन विशेष अभियान संचालन गरेको हो ।

Sana Kishan

अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता दल बहादुर धामी(अबिरल)ले क्रान्तिकारीले स्ववियू निर्वाचन हुने क्याम्पसमा अभियान संचालन गरेको बताए । उनका अनुसार अभियान अन्र्तरगत विभिन्न क्याम्पसमा इकाई कमिटी विस्तार भएका छन ।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा लक्ष्मी धामीको अध्यक्षतामा इकाई कमिटि विस्तार भएको छ । उपाध्यक्ष सिल्पा गिरी(नाथ), शान्ति राना, सचिव विमला ऐरी, सह सचिव प्रितिनिलिमा चौधरी, कोषाध्यक्ष रविना चौधरी, रामपुर बहुमुखी क्याम्पसमा सरस्वती तिरुवाको अध्यक्षनमा इकाई कमिटि विस्तार गरिएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन विष्टको प्रमुख आथित्यमा क्याम्पसमा इकाई कमिटि विस्तार भएका छन । जनसरोकार पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.