सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्दीपलाई विदेश जान अनुमति

सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्तसहित विदेश जान दिने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सोमवार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो ।

Sana Kishan

उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो । सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ । उनी यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ । सन्दीपले २० लाख रुपैयाँ धरौटी राख्नुपर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ ।

लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्व कप लिग–२ एकदिवसीय शृङ्खलामा खेल्न जानका लागि गएको बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यूएईमा आजदेखि आईसीसी विश्व कप लिग–२ शृङ्खला सुरु भएको छ । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.