सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उच्च अदालत पोखराले दियो पल शाहलाई सफाइ

30
Sana Kishan

उच्च अदालत पोखराले नाबालिग किशोरीको जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई सफाइ दिने फैसला गरेको छ। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको हो।

अभियोगको दाबी नपुगेको भन्दै उच्च अदालत पोखराले पललाई सफाइ दिने फैसला गरेको हो। थुनामा रहेका पल अब रिहा हुने भएका छन्। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरले गरेको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए।

Arus
Karnali Traders

यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले पनि पललाई सफाइ दिएको थियो। तनहुँ अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले पलविरुद्ध जबरजस्ती करणीको दाबी नपुग्ने ठह¥याउँदै उनलाई सफाइ दिने फैसला गरेको थियो।

तनहुँ जिल्ला अदालतले पललाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र १० लाख रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएकाले उनी थुनामै थिए। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.