सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सहकारीका समस्या समाधान गर्न सरकार तयार : सहकारी मन्त्री राई

22
Sana Kishan

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।​

आइतवार ‘सहकारीमा संकटका कारण र समाधान’ विषयक अन्तरसंवादमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्। उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिए समस्या पहिचान गरी समाधानका लागि सरकार सकारात्मक रहेको बताए।

Arus

उनले सहकारी संकटमा आए भनेर हल्ला गर्नुभन्दा पनि बदमासी गर्ने सहकारीको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले सहकारी क्षेत्र वर्तमान समस्या र समाधानका लागि मन्त्रालयमा आए तत्काल समाधान गर्न सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए।

मन्त्री राईले सहकारीले विधि विधानभन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताए। उनले ३० हजार सहकारीमा १५ वटाभन्दा बढीले बदमास नगरेको दाबी गरे।

उनले भने, ‘केही ठूला सहकारी विधिभन्दा बाहिर गए होलान्। ग्रामीण क्षेत्रका सहकारीले राम्रो काम गरेका छन्। सहकारी सकियो भने हल्ला बढी भयो। हल्ला होइन काम गर्ने हो।’

उनले सहकारीको विषयमा बढी हल्ला भएकाले सहकारीप्रतिको विश्वास गुम्दै गएको उल्लेख गरे। उनले ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताए।

Karnali Traders

उनले सहकारी अभियान तथा अन्य सम्बन्धित निकायले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताए। सहकारीमा भएका समस्या र समाधानका विषयमा ल्याए समाधान गर्न आफू सधैँ तयार भएको स्पष्ट पारे।

त्यसैगरी मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए।

उनले सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासंघ, सहकारीका प्रदेश जिल्ला र विषयगत संघलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएको बताए।

उनले अहिलेसम्म बचतकर्ताले मागदाबी गरेको १ अर्ब ४४ करोड रकममध्ये ४० करोड रकम फिर्ता गरिसकेको बताए। उनले समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी स्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल–अचल सम्पत्ति रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको बताए।

उनले कानूनको परिपालना नगर्ने र बचतकर्ताको बचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही गर्ने बताए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव रेग्मीले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानूनको दायरामा ल्याउनु आवश्यक रहेको बताए। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.