
कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन बेदकोट नगरको अध्यक्षमा तारा प्रशाद भट्ट चयन भएका छन । शनिबार सम्पन्न भएको एमाले निकट नेपाल नेपाल निजामती कर्मचारी संगठन बेदकोट नगर कमिटिको प्रथम अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहमतीय आधारमा कमिटि चयन गरिएको बताए ।

उपाध्यक्ष फगुनी राना र कोमल प्रसाद कलौनी , सचिव करन बहादुर कामी , कोषाध्यक्ष चन्चला धनाडी , सदस्य मन्जु थापा ,हरिस धानुक , सरस्वती पाण्डेय , रमेश बिस्ट , ओम प्रकाश राना , देबकी जोशी , अरुण चन्द , कर्ण कुमार भट्ट , हरि प्रसाद भट्ट र जयराज भट्ट चयन भएका छन । अधिवेशनमा प्रदेश महासचिव माधव जोशी, जिल्ला अध्यक्ष मान बहादुर चन्द सहितको सहभागिता रहेको थियो । यस अघि शुक्लाफाँटा नगरको अध्यक्षमा कमला कुमारी जोशी, दोधाराचाँदनीको अध्यक्षमा दिपेन्द्र ब. शाही, लालझाडीको अध्यक्षमा देवराज पन्त चयन भएका छन । मुस्कान सहितको सेवा प्रवाह गर्न सेवाग्राही लाई ूआफैबाट नमस्कार ू र छिटो सेवा दिन ूशिघ्र सेवा तीब्र बिकासू अभियान संगठनले जारी गरेको छ ।सबै संगठक सदस्यहरुले आफ्नो कार्यक्षेत्रमा जारी राखेका छन्। जनसरोकार पोस्ट बाट सभार
