सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेको सचिवालय बैठक बस्दै

32
Sana Kishan

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालयमा बस्न लागेको हो।

यस्तै राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।

Arus
Karnali Traders

सत्ता सहयात्री दल माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ। बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ।

माओवादी केन्द्रसहितको पुरानो गठबन्धनले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफ्नो उम्मेदवार उठाउने बताएका थिए।

सरकार गठनका वेला पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने उनको भनाइ थियो। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.