सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

72
Sana Kishan

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटको खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ । नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।

नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इर्डेन गार्डेनमा सुरु हुनेछ । प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन् । यो प्रतियोगिता लिगको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ ।

Arus
Karnali Traders

नेपालले अन्तिम पटक सन् २०१६ मा यो विश्व कप खेलेको थियो । नेपाल सन् २०१८ को १९ वर्षमुनिको विश्व कप छनोटमा अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै सन् २०१९ को एसिया क्षेत्र छनोटमा यूएईसँग डकवर्थ लुइस पद्धतिको आधारमा १ रनले पराजित भएको थियो । त्यो १ रनको हारले नेपालले सन् २०२० र २०२२ को १९ वर्षमुनिको विश्व कप खेल्न पाएन ।

नेपालको टोलीको कप्तानी देव खनालले गर्दैछन् । आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.