सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेशनल लाईफले मनायो ३६ औँ वार्षिकोत्सव 

प्रकाश भट्ट

59
Sana Kishan

कञ्चनपुर – देशकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकाे ३६ औँ वार्षिकोत्सव बिबिध कार्यक्रम गरि मनाएको छ । वार्षिकोत्सवको अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लमिटेड महेन्द्रनगर शाखाले महेन्द्रनगर बजारमा प्रभात फेरि, रेडक्रस कञ्चनपुरको सहकार्यमा रक्तदान तथा महाकाली अञ्चल बाल अनाथालयमा रहेका करिव दुई दर्जन बालबालिकाहरूलाई फलफूल बितरण गरि कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले बताए।

Arus
Karnali Traders

नेशनल लाइफ इन्स्युरेन्स कम्पनीले आफ्ना बिमितलाई सर्वाधिक बोनस प्रदान गर्न सफल भएको समेत उनले बताए। कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व बोध गरेर विभिन्न समय र अवसर पारि देशमा रहेका प्रमुख पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै बालिका शिक्षाको लागि गरिब जेहनदार छात्रा लाई नि: शुल्क शिक्षाको व्यवस्थाका साथै देशका बिकट स्थानमा सहज स्वास्थ्यमा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ अस्पताल निर्माण कार्यमा समेत सहकार्य गर्दै आएको महेन्द्रनगर शाखाका प्रमुख नवीन किशोर भट्ट बताउँछन् । कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशोर भट्ट , कृष्ण सिह ठगुन्ना, मिना कुमारी उपाध्याय , ओमप्रकाश पाण्डे , चिफ बिजनेस म्यानेजर द्वय राजेन्द्र बहादुर चन्द , धनसिंह ठगुन्ना, खडक बहादुर खाती, डम्मर चन्द ( राजन) तारा अवस्थि, पार्वती नेगि, पुनम जोशी ,भक्त बुढा, राम सिह कार्कि, लक्ष्मि पन्त, ईश्वरी बोहरा, लगायतका थुप्रै बिमा मध्यस्थकर्ताको सहभागिता रहेको थियाे।

 

 

 

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.