सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी शंकर संस्कृत माविलाई

बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुर्नया ६ स्थित शंकर संस्कृत मावि मूलखटालीले हात पारेको छ । ९ स्वर्ण, ३ रजत र ७ कास्यसहित मूलखटालीले शिल्ड हात पारेको हो । उसले नगद २५ हजार ५ सहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै ५ स्वर्ण, ७ रजत र ३ कास्य सहित दोश्रो भएको रौलेश्वर मावि रामकी बरायलले २० हजार ६२५ नगदसहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै ५ स्वर्ण, ३ रजत र ६ कास्यसहित केदार मावि कठमडा तेश्रो भएको छ । उसले नगद १५ हजारसहित शिल्ड, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

Sana Kishan

सान्त्वनास्थान प्राप्त गरेको राष्ट्रिय मावि फाटीगडाले २ स्वर्ण, ३ रजत र ४ कास्य पदका हात पारेको छ । उसले ५ हजार २५० नगदसहित शिल्ड ट्रफी र प्रमाण पत्र हात पारेको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख हिमांशु भट्टले बताए ।

World Link Ads
Mahakali Polytechnic

सोमबारदेखि शुरु भएको प्रतियोगितामा पालिकाभरीका १० ओटा विद्यालय सहभागी भएका थिए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.