
सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमति नलिएका हेलिकप्टरलाई निकुञ्ज क्षेत्रमा उडान तथा अवतरणमा कडाई गरेको छ।
फाप्लु विमानस्थल र तेञ्जिङ हिलारी विमानस्थललाई निकुञ्जसँग अनुमति नलिएका हेलिकप्टरलाई उडान तथा अवतरणको अनुमति नदिन पत्राचार गरेसँगै राजस्व संकलनमा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।


हेलिकप्टरहरूले जथाभाबी निकुञ्ज क्षेत्रमा उडान भर्न थालेको र राजस्वसमेत नबुझाएका कारण कडाई गरेको उनको भनाई छ।
फागुन १८ गतेदेखि अनुमतिविना निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण गरेको पाइएमा पाइलट तथा विमानलाई नियन्त्रणमा लिने निर्णय गरेसँगै अहिले कम्पनीहरूले अग्रिम रुपमा राजस्व बुझाउन थालेका छन्।
हेलिकप्टर कम्पनीहरूले प्रत्येक पटक अवतरण गरेको ३ हजार रूपैयाँ राजस्व बुझाउँदै आएका छन्। हेलिकप्टर उडान र अवतरणको अनुगमन नेपाली सेनाले गरिरहेको छ। थाहा खबर बाट सभार
