सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घरदैलो स्वास्थ्य सेवा सुचारु गर्नुपर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

23
Sana Kishan

राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने बताएकी छिन्।

मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले स्वस्थ मानिसबाट मात्रै स्वस्थ मुलुक निर्माण हुनसक्ने भन्दै आयुर्वेद र वैकल्पिक चिकित्सासँगै स्वास्थ्य बिमालाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताइन्।

Arus

भण्डारीले संघीयताको अवधारणाअनुसार सबै प्रदेशमा सुविधा सम्पन्न अस्पताल हुनुपर्ने बताइन्। भवन उद्घाटनलगत्तै राष्ट्रपति भण्डारीले अस्पतालको निरीक्षण समेत गरेकी थिइन्।

Karnali Traders

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ७० शय्याको नयाँ भवन ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको हो। भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हेटौंडा अस्पतालको विकासले नागरिकलाई स्वास्थ्य सेवामा गुणस्तरीय सेवा दिन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

नयाँ भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौंडा अस्पतालमा २ सय शय्या नियमित सञ्चालन हुने भएको छ। अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको आकस्मिक शय्या संख्या ८ बाट ब९ाएर २४ पु¥याइएको छ।

अस्पतालमा हाल ५७ जना चिकित्सक कार्यरत रहेकोमा ३८ जना विशेषज्ञ डाक्टर छन्। अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना गरी २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ।

हाल अस्पतालमा १७ शय्याको आइसियू, २० शय्याको एचडीयू क्षमता र ६ शय्याको डाइलाइसिस सेवा सञ्चालनमा रहेको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.