
राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास लिएकी छिन्।
ग्याल्पो ल्होसार, २०७९ को अवसरमा राष्ट्रपति भण्डारीले ‘ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान मिलोस्’ भनी कामना गरेकी छिन्।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिलाई नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउँछन्।
राष्ट्रपतिको शुभकामना सन्देश
थाहा खबर बाट
