सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै

34
Sana Kishan

राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी का (रास्वपा) तीन मन्त्रीहरुले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै छन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए ।

Arus
Karnali Traders

रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।

ष्लमचभलष्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् । रास्वपाबाट उपप्रधान एवम् गृहमन्त्री बनेका लामिछानेले माघ १३ गते बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए ।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.