सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यू–२० महिला साफ : भारतको विजयी शुरुवात‚ नेपालको खेल बेलुकी पौने ७ बजे

31
Sana Kishan

यू–२० महिला साफ च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ।

बङ्गलादेशको राजधानी ढाकामा आज (शुक्रबार) भएको उदघाटन खेलमा भुटानलाई १२–० को फराकिलो गोल अन्तरले हराउँदै भारतले विजयी शुरुवात गरेको हो।

Arus

खेलको २८ औँ मिनेटमा पहिलो गोल खाएको भुटानले पहिलो हाफसम्म अर्को थप ३ गोल खान पुग्यो। दोस्रो हाफमा आइपुग्दा भारतले भुटानमाथि आधा दर्जनभन्दा बढी गोल थप्यो।

Karnali Traders

प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत‚ नेपाल र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपालले आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्न लागेको छ। नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज साँझ पौने ७ बजे शुरु हुनेछ। नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी सन्तोषजनक रहेको बताएका छन्।

बंगलादेशलाई घरेलु मैदानमा फाइदा हुने देखिए पनि नेपालले उच्च प्रदर्शन गर्ने उनको दावी छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.