सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि ४३ जना महिला खेलाडी बन्द प्रशिक्षणमा

38
Sana Kishan

भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि ४३ जना महिला खेलाडी बन्द प्रशिक्षणमा परेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई बोलाएको हो । नेपाली टोलीले भारतमा फेब्रुअरी १३ देखि २५ को बीचमा हुने मैत्रीपूर्ण खेल खेल्नेछ ।

Arus
Karnali Traders

राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण भोलि मङ्गलवारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने छ । एन्फाले हिजो सोमवार अनन्तकुमार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस्तै गङ्गा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

प्रारम्भिक टोली ः अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अनुश्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्रा भण्डारी, दीपा न्यौपाने, दीपा शाही, गङ्गा गुरुङ, घिमकुमारी गुरुङ, गीता राना, हिमाली चौधरी, हिराकुमारी भुजेल, कविता विक, कविता धिमाल, कुश्मा राई, कुसुम खतिवडा, मनिका कुश्वर, मन्जलीकुमारी योन्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती एअर, सरु लिम्बु, सृजना चेम्जोङ, सिर्जनासिंह ठकुरी, सुनिता चौधरी र उशा नाथ । उज्यालो  अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.