सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन जाँदै

67
Sana Kishan

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् लामिछानेका स्वकीय सचिव दीपक बोहराले आज लामिछाने नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जान लागेको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

बोहराका अनुसार स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने ११ बजेतिर जान लागेका हुन्। लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुनः पाउनेछन्।

Arus

सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज शुक्रबार खारेज गरेको थियो। नेपाली नागरिक नै नभएपछि लामिछानेले उपप्रधान एवम् गृह मन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए। योसँगै चितवन– २ मा अब उपनिर्वाचन गर्नुपर्छ।

Karnali Traders

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए।

नागरिकताको पुनः प्राप्ति नै कानुनसम्मत नभएको भन्दै सर्वोच्चले लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा सदस्यमा उम्मेदवार हुनै नपाउने अवस्थाको व्याख्या गरेको छ। तर ‘उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिनेलगायतका कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा (२) (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर गरेको छ,’ फैसलामा उल्लेख छ। नेपालको संविधानको धारा (८७) १ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवारको योग्यता पुगेको भनी मान्न नमिल्ने फैसलामा जनाइएको छ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।

लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। त्यसपछि अमेरिका गए र उतैको नागरिकता लिए। उनले २०७० साल (सन् २०१४) मा अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २२ मा अमेरिकी नागरिकका रूपमा गैरपर्यटक (नाता) भिसामा नेपाल आएर काम गर्न थाले। तत्पश्चात् २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका थिए। उनले २०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए। अन्नपूर्ण पोस्ट बाट सभाार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.