सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड २१ रनले विजयी

42
Sana Kishan

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको यो पहिलो टी–२० अर्धशतक हो । सूर्यकुमार यादव ४७ रनमा आउट भए । भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका माइकल ब्रेसवेल, मिचेल सान्टनारले समान २÷२ विकेट लिए ।

Arus
Karnali Traders

लोकी फर्गुसन, जकोब डफी र इश सोधीले १÷१ विकेट लिए । त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले अविजित ५९ रन बनाए । उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए।

डेभन कन्वे ५२ रनमा आउट भए । भारतका वासिन्टन सुन्दरले २ तथा अर्शदीप सिंह, शिवम माभी र कुलदीप यादवले १÷१ विकेट लिए । भारत र न्युजिल्यान्डबीचको दोस्रो खेल आइतवार लखनउमा हुनेछ । यसअघि भएको एकदिवसीय शृङ्खला भारतले जितेको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.