सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा महिला टी–२० : देहिमाडौं र बाराकोट विजयी

41
Sana Kishan

शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा दशरथचन्द नगरपालिका–२ देहिमाडौं र दशरथचन्द नगरपालिका–१० बाराकोट विजयी भएका छन्।

पहिलो खेलमा देहिमाडौंले दशरथचन्द नगरपालिका–५ लाई ६५ रनले जित्यो। १४४ रनको लक्ष्य पन्छाउने क्रममा दशरथचन्दले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ७८ रन मात्रै बनाउन सक्यो। ममता लेखकले सर्वाधिक २७ रन बनाए पनि टोलीलाई जिताउन सकिनन्।

Arus

देहिमाडौंका लागि लक्ष्मी बोहरा, मनिषा बोहरा र निर्मला बोहराले १÷१ विकेट लिए ।

त्यसअघि घरेलु मैदान निङ्लाशैनी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको देहिमाडौंले १५ ओभरमा ६ विकेटको क्षतिमा १४३ रन बनायो। जसमा पिङ्की बोहराले ३१ र मनिषा बोहराले २७ रनको योगदान गरे।

दशरथचन्दका लागि आयुस्मा चन्द र चन्द्रा कोलीले २÷२ विकेट लिए।

देहिमाडौंकी मनिषा बोहरा ओम्यान अफ द म्याच चुनिएकी स्कोरर खेमराज भट्टले जानकारी दिए।

दोस्रो खेलमा दशरथचन्द नगरपालिका–११ नागार्जुनलाई बाराकोटले ५ विकेटले स्तब्ध पा¥यो।

नागार्जुनले दिएको ८८ रनको लक्ष्य बाराकोटले १२ ओभर १ बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो। रितु बुडालले अविजित १९ र रिमी चन्दले १५ रनको योगदान गरे।

Karnali Traders

नागार्जुनकी जानकी भण्डारीले २ विकेट हात पारिन्। त्यसअघि पहिला ब्याटिङ गरेको नागार्जुनले निर्मला भण्डारीको २२ रनको मद्दतमा १५ ओभरमा ७ विकेटको क्षतिमा ८७ रन बनायो।

बाराकोटका ममता लावड र राया धामीले २÷२ विकेट लिए। ​बाराकोटकी रितु बुडाल ओम्यान अफ द म्याच चुनिइन्।

वर्षाका कारण आजका खेल १५÷१५ ओभरका खेलाइएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए। दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गते शुरू भएको प्रतियोगिता माघ १७ गते सकिनेछ।

नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाणपत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताए।

प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट ब्याट्स ओमेनलाई १५÷१५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि तथा प्रमाणपत्र दिइनेछ।

प्रतियोगिताको समापनकाा दिन दशरथचन्द नगरपालिकाका अन्तरराष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिनेछ। यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो।

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही १५० रूपैयाँका दरले खेलाडीलाई नगद दिने गरिएको छ।

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलालाई क्रिकेटमा रुची बढाउन तथा दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताए।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.