सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुस्ताङमा अझै परेन हिउँ

38
Sana Kishan

माघको दोस्रो साता हुनै लाग्दा समेत मुस्ताङमा हिउँ परेको छैन।

हिउँ नपरेपछि धौलागिरी र निलगिरी हिमाल आसपासका अग्ला पहाडहरू सेताम्मे नभई सौन्दर्यविहीन नांगा र फुस्रा देखिएका छन्।

Arus

सोमबार र बुधबार हिउँ पर्ने संकेत देखिएपनि अन्ततः हिउँ परेन। ‘दुई दिनअघि हिउँ पर्ने सम्भावना देखिएको थियो, हिउँका केही बाछिटा खसेको थियो, ’पुथाङ गाउँ समाजका सचिव पेमा छेतेन विकले भने,‘ हिमालको शिरमा हिउँ परेको जस्तो देखियो, तर त्यो त्यसै रोकियो।’

Karnali Traders

५ वर्षअघि मुस्ताङमा भारी हिमपात हुन्थ्यो। कार्तिक मसान्तमै हिउँ परिसकेको हुन्थ्यो।

त्यसपछि ३÷४ चरण गरी फागुन महिनासम्म हिउँ पर्थ्यो। माघ लाग्दा हिउँ पर्ने संकेत देखिएपनि मुस्ताङमा हिउँ पर्न नसकेको जोमसोमका पूर्व गाउँ मुखिया रामप्रसाद थकालीले बताए।

गत वर्ष पुस १२ गते र माघ १८ गते भारी हिमपात भएको थियो। त्यसअघि पनि आशिंक हिमपात परेको थियो।

तर,यो वर्ष माघको आधा महिना बित्दा समेत हिउँ पर्न नसकेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। सुन्दरकुमार थकालीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.